आइपीएलमा किंग्स इलावेन पञ्जावले दोस्रो जित

इन्डियन प्रिमियर लिग क्रिकेट आइपीएलमा किंग्स इलावेन पञ्जावले दोस्रो जित निकालेको छ । आज भएको खेलमा पञ्जावले मुम्बइ इन्डियन्सलाई आठ विकेटले हरायो ।

चन्दीगडमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बइले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७६ रन बनायो । मुम्बइका लागि क्वि डी ककले ६० रन बनाए भने रोहित शर्माले ३२ तथा युवराज सिंहले १८ रनको योगदान गरे । यस्तै हार्दिक पाण्ड्याले ३१ रन बनाए ।

जवाफमा पञ्जावले २० ओभरमा मात्र दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । पञ्जावको जितमा लोकेश राहुलले ७१ रन बनाए भने क्रिस गेलले ४० तथा मायांक अग्रवालले ४३ रन जोडे । यस्तै डेविड मिलरले १५ रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest