आईपीएलमा आज पनि २ वटा खेल

इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज पनि २ वटा खेल हुने छन् । नेपाली समय अनुसार अपरान्ह सवा ४ बजे सनराईजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बेंग्लोर तथा राति सवा ८ बजे चेन्नाई सुपर किंग्स र राजस्थान रोयल्यस आमने सामने हुने छन् । सबै टिमको आज तेस्रो खेल हो । चेन्नाई लगातार तेस्रो जितको खोजिमा रहेको छ ।

हैदराबादले भने एकमा जित र एकमा हार व्यहोरेको छ । बेंग्लोर र राजस्थान लगातार दुई खेलमा पराजितभएकाले आज पहिलो जितको खोजिमा हुने छन् । बेंग्लोरको टिमलाई ब्याटिङमा सुधार गर्नुपर्ने आवश्यकता रहेको छ । उद्घाटन खेलमा चेन्नाईसँग ७० रनमा समेटिएको बेंग्लोरले दोस्रो खेलमा मुम्बईले दिएको १८७ रनको लक्ष्य पुरा गर्न असफल भएको थियो । यसैगरी युजबेन्द्र चहलले पछिल्लो खेलमा ४ विकेट लिएकाले आजको खेलमा पनि उनी बलियो हतियार हुन सक्छन् ।

हैदराबादको घरेलु मैदानमा खेल हुन लागेकाले उसलाई ग्राउण्डले केही फेबर गर्न सक्ने आँकलन गरिन्छ । शुक्रबार हैदराबादले राजस्थान रोयल्सलाई यही मैदानमा ५ विकेटले पराजित गरेको थियो । पछिल्लो जितले पनि हैदराबादको मनोबल उच्च छ । पछिल्लो खेलमा डेभिड वार्नरले ३७ बलमा ६९, जोन बेस्ट्रोले २८ बलमा ४५ तथा बिजय शंकरले १५ बलमा ३५ रन बनाएका िथए । आज पनि उनीहरुबौट उत्कृष्ट रनको अपेक्षा गरिएको छ । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नाई सुपर किंग्सको नजर भने शीर्ष स्थानमा उक्लने रहेको छ ।

लगातार दुई खेल जितेको चेन्नाई ४ अंक सहित तेस्रो स्थानमा रहे पनि एक खेल बढी खेलेका कोलकता नाइट राइडर्स र दिल्ली क्यापिटल क्रमश पहिलो र दोस्रो स्थानमा छन् । आजको खेलमा चेन्नाई विजयी भए २ अंकको अग्रतासहित शीर्ष स्थानमा उक्लने छ । चेन्नाईले लगातार खेल जिते पनि ब्याटिङ र बलिङमा सुधार गर्नु पर्ने देखिन्छ । बेंग्लोरविरुद्ध ७१ रनको लक्ष्य पछ्याउँदा ७ विकेटको जित निकाले पनि १७.४ ओभरसम्म कुर्नु परेको थियो । राजस्थान रोयल्य पहिलो जितको खोजिमा छ ।

पञ्जाबसँग १५ तथा हैदरबाबदसँग ५ विकेटले पराजित भएको राजस्थानलाई चेन्नाईविरुद्ध जित निकाल्न संघर्ष गर्नुपर्ने देखिन्छ । राजस्थानले हैदराबादविरुद्ध १९८ रन बनाउँदा पनि बलरहरुको प्रदर्शनका कारण ५ विकेटले पराजित हुन पुगेको थियो । पञ्जाबविरुद्ध १८४ रनको लक्ष्य पछ्याउँदा १७० रन मात्रै बनाउन सकेको थियो । प्रतियोगितामा टिकि रहन ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने आवश्यकता राजस्थानलाई रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest