महिला क्रिकेट खेलाडी अक्सनमा नाम चलेका खेलाडीमै बाेली

नेपालमा पहिलो पटक आयोजना हुन लागेको टी–२० महिला क्रिकेट लिगका लागि खेलाडी अक्सनको पहिलो भागमा राष्ट्रिय खेलाडीमा नै मोटो रकममा बोलि लाग्यो । कुल ८० खेलाडी समावेश भएकोमा ४३ जना खेलाडी अक्सनमा समावेश हुँदा ८ जना खेलाडी अधिकतम रकममा विक्रि भए ।

अक्सनमा ए श्रेणीमा २१ जना, बी श्रेणीमा २५ जना र सी श्रेणीमा ३५ जना खेलाडी रहेका छन । एक टिमले कुल ६ लाख ५० हजार रुपैयाँ अक्सनमा खर्च गर्न पाउने नियम थियो । जसमा महंगो रकममा अनुबन्ध हुनेमा राष्ट्रिय खेलाडी ज्योती पाण्डेलाई अधिकतम ७५ हजार रुपैयाँमा धनगढीले अनुबन्ध गर्यो ।

यस्तै सोनु खड्कालाई ७५ हजारमा भैरहवाले अनुबन्ध गर्यो । राष्ट्रिय क्रिकेटर इन्दु बर्मालाई भैरहवाले अधिकतम ७५ हजार रुपैयाँमा भित्र्यायो । सरिता मगरलाई काठमाडौंले ७५ हजार रुपैयाँमा भित्र्यायो । रोमा थापालाई ७५ हजार रुपैयाँमा काठमाडौंले टिममा लिन सफल भयो । अक्सनमा काजल श्रेष्ठलाई विराटनगरले अधिकतम ७५ हजार रुपैयाँमा अनुबन्ध गर्यो । उनीमाथि तीन टिमले समान बोली लगाएका थिए । जसमा लक्की ड्र बाट विराटनगरले टिममा लियो ।

ए श्रेणीमा रहेकी कविता कुवँरलाई अधिकतम ७५ हजारमा धनगढीले अनुबन्ध गर्यो । सबनम राईलाई धनगढीले ७० हजारमा भित्र्यायो । रेवती धामी पनि अक्सनमा ५० हजारमा काठमाडौंले खरिद गर्यो । नीतू भण्डारी ४३ हजारमा भैरहवाले खरिद गर्यो । बी श्रेणीबाट अक्सनमा नाम दर्ता गराएकी अञ्जली चन्दलाई अधिकतम ५० हजार रुपैयाँमा विराटनगरले खरिद गर्यो । यस्तै सुमन खतिवाडालाई अधिकतम ५० हजार रुपैयाँमा काठमाडौंले किन्यो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest