पाकिस्तानविरुद्धको पाँच खेलको एकदिवसीय सिरिजमा अष्ट्रेलियाले क्लिन स्विप

पाकिस्तानविरुद्धको पाँच खेलको एकदिवसीय क्रिकेट सिरिजमा अष्ट्रेलियाले क्लिन स्विप गरेको छ ।

गएराति भएको पाँचौं तथा अन्तिम एकदिवसीयमा पाकिस्तानलाई २० रनले हराएर अष्ट्रेलियाले सिरिज ५-० ले जितेकाे हाे ।

टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै ५० ओभरमा ७ विकेट गुमाएर ३२७ रन जोडेको थियो । अष्ट्रेलियाका लागि उस्मान ख्वाजाले ९८ रन जोड्दा ग्लेन म्याक्स्वेलले ७० रनको योगदान दिए ।  यस्तै शौन मार्शले ६१ तथा कप्तान आरोन फिन्चले ५३ रन बनाए । पाकिस्तानका उस्मान सिनवारीले ४ तथा जुनेद खानले ३ विकेट लिए ।

जवाफमा पाकिस्तानले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर ३ सय ७ रन मात्र बनाउन सक्यो । पाकिस्तानका हरिस सोहिलले १३० रनको शतकीय पारी खेलेपनि टोलीलाई जित दिलाइन सकेनन् ।  साथै इमाद वासिम र शान मसुदले समान ५०र५० रनको अर्धशतकीय इनिङ्स खेले । उमर अकमल ४३ रनमा आउट भए । अष्ट्रेलियाका जासन पाउलले ३ विकेट लिए ।

 

यस

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest