आईपीएलमा राजस्थान रोयल्स रोयल र रोयल च्यालेन्जर्स बैंगलोर खेल्दै

भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार एक खेल हुँदैछ ।

मंगलबार राजस्थान रोयल्स रोयल र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुनेछ।

जयपुरमा हुने राजस्थान र बैंगलोरबीचको खेल बेलुका ८:१५ मा सुरु हुनेछ । र, मैदान उत्रदा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।

अघिल्ला ३ खेलमा दुवै टोलीले हार व्यहोरेका छन् । त्यसैले दुवै टोली चौंथो खेलमा पहिलो अंक जोड्न चाहन्छ ।

राजस्थान लिगको सातौं स्थानमा रहेको छ । बैंगलोर लिगको पुछारमा रहेको छ ।

अजिंका रहानेको कप्तानीमा रहेको राजस्थानलाई घरेलु समर्थकको साथ रहनेछ । उसलाई जोस बटलर, बेन स्टोक्स,इस सोधी लगायतका खेलाडीको पनि साथ हुनेछ ।

यता, विराट कोहलीको कप्तानीमा रहेको बैंगलोरलाई विश्व स्तरिय खेलाडीहरुको साथ रहने छ । बैंगलोरमा पार्थिव पटेल,मोइन अली, एबी डी भिलियर्स, सिम्रन हिटमाएर, टिम साउथी, उमेश यादव, युजभेन्द्र चाहल जस्ता खेलाडी रहेको छ ।

दुईबीचको पछिल्लो पाँच खेलमा राजस्थान र बैंगलोरले समान २/२ जित निकालेका छन् । एक खेल नतिजाविहीन बनेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest