हरी, प्रतिश, कुशल र अभिशेख पहिलाे पटक यू-१९ टिममा

आइसीसी यू–१९ बिश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोटका लागि नेपाली टिमको अन्तिम नामावली सार्वजनिक भएको छ । जसमा चार जना नयाँ खेलाडीले टिममा स्थान बनाएका छन ।

रोहित पौडेलको कप्तानीमा रहेको १४ खेलाडीमा हरीबहादुर चौहान, प्रतिश जिसी, कुशल मल्ल र अभिशेख बस्नेतले पहिलो पटक टिममा स्थान बनाएका छन । नेपाली युवा टिमले भारतको आन्द्र प्रदेशमा अभ्यास खेल खेलेपछि विश्वकप छनोटका लागि अन्तिम नामावली तयार पारेको हो । प्रशिक्षक विनोद दाशले भारतमा खेलेका अभ्यास खेलमा गरेको प्रदर्शनका आधारमा टिम तयार पारेका हुन ।

मलेसियामा अप्रिल १० देखि १८ तारिखसम्म हुने प्रतियोगितामा नेपालले पहिलो खेल १२ तारिखमा सिंगापुर विरुद्ध खेल्नेछ । त्यसपछि दोस्रो खेलमा नेपालको प्रतिद्धन्द्धी युएई रहेको छ । नेपालले प्रतियोगितामा तेस्रो खेल मलेसिया विरुद्ध खेल्नेछ भने चौथो खेल युएई विरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको अन्तिम खेलमा नेपालको प्रतिद्धन्द्धी कुवेत रहेको छ ।

कप्तानमा रोहित कुमार पौडेल, अभिशेक बस्नेत, भिम शार्की, हरीबहादुर चौहान, कमलसिंह ऐरी, कुशल मल्ल, आशिफ शेख, पवन सराफ, प्रतिश जिसी, रासिद खान, रित गौतम, सागर ढकाल, सन्दिप जोरा र शूर्य तामाङ रहेका छन ।

बैकल्पिक खेलाडीमा आकाश चन्द, लोकेशबहादुर बम, रवी कुमार शाह र शेर मल्ल रहेका छन । टिमको ब्यवस्थापकमा रमन सिवाकोटी छन भने फिजियोमा विक्रम न्यौपाने छन । नेपालले यो प्रतियोगिताका लागि अप्रिल ६ तारिखमा मलेसिया प्रस्थान गर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest