काेहलीकाे टिम बैग्लाेरकाे लगातार चाैथाे हार

भारतीय राष्ट्रिय टोलीका कप्तान विराट कोहलीले नेतृत्व गरेको, दक्षिण अफ्रिकी एबीडी भिल्लियर्स, इंग्ल्याण्डका मोइन अली, अष्ट्रेलियाका मार्कस स्टोनिस सम्मिलित रोयल च्यालेन्जर्स बैंग्लोरले जाी इण्डियन प्रिमियर लिगमा लगातार चौथो पराजय ब्यहोरेको छ ।बैंग्लोरले राजस्थान रोयल्ससँग ७ विकेटको पराजय ब्यहोर्यो ।

सवाई मानसिंह रंगशाला जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित ओभरमा ४ विकेट गुमाएर १५८ रनको योगफल तयार पारेको थियो ।

ओपनिङमा आएका कप्तान विराट कोहलीले २५ बलमा २३ रनमात्र बनाउन सके । तर अर्का ओपनर पार्थिव पटेलले ४१ बलमा ६७ रनको जिम्मेबार पारी खेले । उनले ९ चौका र १ छक्का प्रहार गरे ।

भिल्लियर्सले १३ रनमात्र बनाउँदा सिमरन हेटमायर १ रनमै आउट भए । मार्कस स्टोनिसले २८ बलमा ३१ र मोहम्मद अलीले ९ बलमा १८ अविजित रन बनाए ।

बलिङतर्फ लेग स्पिनर श्रीयास गोपालले ३ विकेट लिए । उनले ४ ओभरमा मात्र १२ रन खर्चिएका हुन् । कोहली र भिल्लियर्सको विकेट यिनै गोपालले लिएका थिए ।

बैंग्लोरले दिएको १५९ रनको लक्ष्य घरेलु टोली राजस्थानले इनिङको १ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टायो ।

राजस्थानका लागि ओपनर कप्तान अजिंक्या राहणे र जस बटलरले पहिलो विकेटका लागि ६० रनको साझेदारी गरे । २२ रनको ब्यक्तिगत स्कोरमा राहणे आउट भएपछि आएका स्टिभ स्मिथसँग मिलेर बटलरले ४४ रनको साझेदारी गरे ।

बटलर ४३ बलमा ८ चौका र १ छक्काको सहयोगमा ५९ रन हानेर आउट भए । १९औं ओभरको अन्तिम बलमा आउट हुनुअघि स्मिथले ३१ बलमा २ चौका र १ छक्काको साथ ३८ रन बनाए

राहुल त्रिपाठीले २३ बलमा ३ चौका र १ छक्कासहित अविजित ३४ रन बनाए । त्रिपाठीले नै छक्का प्रहार गरी खेल जिताएका थिए । वेन स्टोक्स १ रनमा अविजित रहे ।

बैंग्लोरका युज्भेन्द्र चहलले २ तथा मोहम्मद सिराजले १ विकेट लिए ।

आईपीएलमा राजस्थानको यो पहिलो जित हो भने बैंग्लोर अझै जितबिहीन छ । बैंग्लोरले यसअघि चेन्नाई सुपर किंग्स, सनराइजर्स हैदराबाद र मुम्बई इण्डियन्ससँग पराजय ब्यहोरेको थियो ।

राजस्थानले भने यसअघि किंग्स ११ पञ्जाव, हैदराबाद र चेन्नाईसँग पराजित भएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest