चेन्नई विरूद्द मुम्बईकाे चुनाैती

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बुधबार साबिक विजेता तथा शीर्ष स्थानको चेन्नई सुपर किङ्गस र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । चेन्नई र मुम्बईबीचको खेल बेलुका ८:१५ मा सुरु हुनेछ ।

मुम्बईस्थित वान्खाडे क्रिकेट स्टेडियममा चेन्नई अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ । चेन्नई लगातार चौंथो जितको खोजीमा हुनेछ ।

जारी लिगमा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई एक मात्र अपराजित टोली हो ।  शीर्ष स्थानको चेन्नईले  ३ खेलबाट ६ अंक जोडेको छ ।

यता, रोहित शर्माको कप्तानीमा रहेको मुम्बई दोस्रो जितको खोजीमा रहेको छ । अघिल्ला ३ खेलमा २ खेल गुमाएको मुम्बई २ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।

पछिल्लो पाँच खेलको नतिजा हेर्दा चेन्नईविरुद्ध मुम्बई बलियो देखिएको छ । चेन्नईविरुद्ध मुम्बईले ४ खेलमा जित निकाल्दा एक खेल मात्र गुमाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest