बेटिङका कारण पुलिस हिरासतमा भारतीय प्रशिक्षक तुसार

भारतीय महिला क्रिकेट टिमका पूर्व प्रशिक्षक तुसार ओर्थी गिरफ्तारमा परेका छन ।

सोमबार इन्डियन प्रिमियर लिग आइपीएल अन्तर्गत पञ्जाव र दिल्ली विचको खेलमा बेटिङ गरिरहेको भेटिएपछि पूर्व प्रशिक्षक तुसार सहित १८ जनालाई पुलिसले पक्राउ गरेको हो । बडोदाराको एक होटेलमा उनीहरु बेटिङ गरिरहेको भेटिएका थिए । स्थानीय पुलिस तथा अपराध महाशाखाका अनुसार तुसारसँगै पक्राउ परेका सबै जना हाल हिरासतमा रहेको बताइएको छ ।

भारतमा घोडादौड बाहेक अन्य खेलमा बेटिङ गर्नु अपराधका रुपमा मानिन्छ । पुलिसले बेटिङमा परेका ब्यक्तिहरुसँगै २१ वटा मोबाइल, केहि सवारीसाधन पनि हात पारेको छ ।

गत जुलाईमा भारतीय महिला क्रिकेट टिमको प्रशिक्षकबाट राजिनामा दिएका तुसारले सन् २०१७ को अप्रिलबाट प्रशिक्षक बनेका थिए । बरोडाका पूर्व रञ्जि खेलाडी तुसार महिलो क्रिकेट टिमको प्रशिक्षक हुँदा खेलाडीसँग राम्रो सम्बन्ध नभएपछि पदबाट हटेका थिए । त्यसअघि २००८ देखि १२ सम्म उनी महिला क्रिकेट टिमकै सहायक प्रशिक्षक रहेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest