विश्वकपका लागि न्यूजिल्याण्ड क्रिकेट टिमकाे घाेषणा

आसन्न विश्वकप क्रिकेटका लागि न्यूजिल्याण्डले टिमको घोषणा गरेको छ । १५ खेलाडीको सूचीमा इश सोधी र टोम ब्लुन्डेलले स्थान बनाएका छन ।

टिममा कोलीन मुर्नोसँगै हेनरी निकोल्स, मार्टिन गुप्टिल, जिम्मी निसाम, कोलीन डी ग्राण्डहोम, रोस टेलर, मिचेल सान्तानेर, टिम साउदी, मेट हेनरी, लोकी फर्गुसन र ट्रन्ट बोल्ट रहेका छन । टिमको कप्तानको जिम्मेवारी केन विलियम्सनलाई दिइएको छ ।

न्यूजिल्याण्ड टिमले यहि अप्रिल महिनामा क्राइस्टचर्चमा प्रशिक्षण गर्ने त्यसपछि थप अभ्यासका लागि अष्ट्रेलिया जानेछ । तर यो टुरमा धेरै खेलाडी भने उपस्थित हुने छैनन् । किनकी टिममा रहेका धेरै खेलाडी अहिले इन्डियन प्रिमियर लिगमा ब्यस्त रहेका छन । जसका कारण न्यूजिल्याण्ड क्रिकेट बोर्डले रिजर्भ खेलाडीलाई अष्ट्रेलिया भ्रमणमा लानेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest