आईपिएल: दिल्ली र सनराईजर्सको भिडन्त आज, सन्दिप पर्ने संभावना कति ?

आईपिएल क्रिकेटमा आज नेपाली युवा खेलाडी सन्दीप लामिछाने सहभागी दिल्ली क्यापिटल्स र सनराईजर्स हैदारबाद भिड्दै छन् ।

फिरोज साह कोट्ला मैदानमा राति सवा ८ बजेदेखि शुरु हुने खेलमा नेपाली युवा बलर सन्दिप लामिछाने खेल्ने प्रबल संभावना रहेकाे छ ।

हैदराबाद जारी प्रतियोगितामा उच्च फर्ममा देखिएको छ । उसले ३ खेलमा जित हात पारिसकेको छ । तर दिल्लीले २ खेलमा  जित र २ खेलमा पराजित भएको छ ।

जसले गर्दा पछिल्लो खेलमा मजबुत स्थितिमा रहेको दिल्लीले लगाता गल्ती गर्दा पराजित हुन पुगेको थियो । मोहालीमा भएको उक्त खेलमा पञ्जाबसँग जित नजिक पुगेर पनि दिल्ली १४ रनले पराजित भएकाले उक्त खेलबाट पाठ सिकेर अघि बढ्नुपर्ने अवस्थामा छ । आजको खेलमा हैदराबादको मजबुत ब्याटिङ अर्डरविरुद्ध दिल्ली संयमित भएर खेल्नुपर्ने छ ।

आजको खेलका लागि दिल्लीका ब्याट्सम्यान शिखर धवनका लागि पनि महत्वपूर्ण रहेको छ । यसअघि हैदरबादबाट खेलेका शिखर यसै सिजन दिल्लीमा आवद्ध भएकाले पुरानो टिमविरुद्ध उनको पहिलो खेल हो ।

यसैगरी महेन्द्रसिंह धोनीलाई आइडल मान्ने दिल्लीका विकेटकिपर ऋषभ पन्तले पनि उत्कृष्ट प्रदर्शन गर्न जरुरी छ । उनको गल्तिले पनि पछिल्लो खेलमा धेरै रन बनेको थियो भने विकेट पछाडि उनको प्रदर्शन फितलो नै रहेको थियो ।

हैदराबादमा जोन बेयरस्टो र डेभिड वार्नर दुवैले शतक प्रहार गर्दै विपक्षीलाई दबाब दिन सक्षम छन् । त्यसैले आजको खेलमा दिल्लीले वार्नरलाई रोक्ने रणनीति बनाउन जरुरी छ ।

हैदराबादसँग अफगानिस्तानका अफ स्पिनर मोहमद नवी र लेग स्पिनर रासिद खान छन् । उनीहरु जतिबेला पनि दिल्लीमाथि हावी हुन सक्ने क्षमता राख्छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest