आईपिएल: चेन्नई सुपर किंग्सकाे जारी आईपिएलमा पहिलाे हार

इण्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्स मुम्बईसँग पराजित भएकाे छ । गएराति भएकाे खेलमा चेन्नई मुम्बइसँग ३७ रनले पराजित भयाे ।

मुम्बई स्थित वाङ्खडे स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा पाँच विकेट गुमाउँदै १ सय ७० रन बनाएको थियो ।

मुम्बईका लागि सुर्यकुमार यादवले ५९ रन बनाए । यस्तै क्रुनाल पाण्ड्याले ४२ तथा हार्दिक पाण्ड्या २५ रन बनाए ।

१ सय ७१ रनको लक्ष्य पछ्याएको चेन्नईले शुरुवात राम्रो गर्न सकेन । उनले ६ रन बनाउँदा दैब ओपनर गुमाएको थियो । त्यसपछि भरपर्दा ब्याट्सम्यान सुरेश रैना पनि टिमको स्कोर ३३ रन हुँदा १६ रन बनाएर आउट भए ।

त्यसपछि क्रिजमा आएका केदार जादवले भने चेन्नईका लागि ५८ रनको योगदान दिए । चेन्नईका अन्य कुनै ब्याट्सम्यान चल्न सकेनन् ।

बलिङतर्फ लसिथ मालिङ्गाले तीन विकेट लिए भने हार्दिक पाण्ड्या र ज्यासन बेह्रेन्डर्फले २–२ विकेट लिए ।

चार खेलमा दोस्रो जित हात पारेको मुम्बईले ४ अंक बनाएको छ । चेन्नई भने पराजयको बबजुत ६ अंक सहित आईपीएल तालिकाको शीर्ष स्थानमा छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest