सुनाम गौतमकाे अष्ट्रेलियन क्लव क्रिकेटमा नयाँ उचाइ छुदै

अष्ट्रेलियन क्रिकेट क्लव प्रतियोगितामा आफ्नो क्षमता देखाउदै आएका नेपाली खेलाडी सुनाम गौतमले क्रिकेट भिक्टोरियाको यो सिजनको उत्कृष्ट खेलाडी समावेस टिममा परेका छन ।

क्रिकेट भिक्टोरियाले हरेक बर्ष आयोजना गर्ने प्रिमियर क्रिकेट अवार्डमा गौतमलाई एक उत्कृष्ट अलराउण्डरका रुपमा भिक्टोरियन टिममा छनोट गरिएको हो ।

गौतमले यो सिजनमा ग्रीनभेल कंगारुज क्लवका लागि कुल ६४४ रन बनाएका थिए । जसमा एक सतक समावेश थियो । उनले बलिङमा पनि ३८ विकेट लिएका थिए । यसका साथै उनले ज्याक राइडर मेडलमा दोस्रो बनेका थिए । अम्पायरको भोटिङका आधारमा दिइने सो अवार्डमा सुनामले २५ भोट पाएका थिए । शिर्ष स्थानमा रहेका ब्रेट फोर्साइथले ३५ भोट पाएका थिए ।

सन् २०१२ मा अष्ट्रेलीया पुगेको सुमन अष्ट्रेलियाका विभिन्न क्रिकेट क्लवमा ब्यवसायीक खेल खेल्ने गर्छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest