आइपीएलमा सन्दिप लगातार तेस्राे खेल खेल्दै

इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सले आज सनराइजर्स हैदरावादसँग खेल्दैछ । जसमा नेपाली युवा बलर सन्दिप लामिछाने प्लेइङ सेटमा परेका छन ।

हैदरावाट विरुद्ध दिल्ली टस हारेर ब्याटिङको निम्तो पाएको छ । दिल्लीको टिममा तीन जना खेलाडी परिवर्तन गरेको छ । जसमा इसान्त शर्मा, राहुल र अक्सर पटेललाई टिममा ल्याएको छ ।

जारी आइपीएलमा पछिल्ला दुई खेल खेलको सन्दिपले दुबै खेलमा विकेट लिन सफल भएका छन । जसमा उनले कुल तीन विकेट लिएका छन । सन्दिपले पञ्जाव विरुद्ध चार ओभरमा २७ रन खर्चिदै दुई विकेट लिएका थिए भने कोलकाता विरुद्ध यो सिजनको पहिलो खेल खेलको उनले २९ रन दिएर एक विकेट हात पारेका थिए ।

पञ्जाव विरुद्धको खेलपछि सन्दिप यो बर्ष टी–२० मा सर्वाधिक विकेट लिने खेलाडीको सुचीमा पहिलो स्थानमा पुगेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest