श्रीलंकाका पूर्व अलराउण्डर दिलहारा फेरी भ्रष्टाचारमा फसे

श्रीलंकाका पूर्व अलराउण्डर दिलहारा लोकुहिटिंगी तीन वटा फरक फरक विधामा भ्रष्टाचारमा परेको ठहर गरिएको छ ।

आइसीसीको एन्टी करप्सन युनिटले दिलहारालाई खेल फिक्सिङ गर्न खोजेको, आइसीसीको कोडलाई सोझै अलंघन गरेको लगायतका छन । यसअघि इमिरेट्स क्रिकेट बोर्डले उनीमाथि भ्रष्टाचारमा परेको ठहर गरेको पाँच महिना पछि आइसीसीले पनि उनीमाथि अर्को आरोप लगाएको छ । यसअघि पनि आइसीसीले गत नोभेम्बरमा कारवाही गरेको थियो ।

टी–१० क्रिकेटमा उनले खेल फिक्सिङ गर्न खोजेको आरोप लगाएको थियो । हाल अष्ट्रेलियामा बस्दै आएका दिलहारालाई आइसीसीले आफुमाथि लागेको चार्ज विरुद्ध अपिल गर्न १४ दिनको समय दिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest