२४ घण्टामा २ देशमा खेलेर मालिंगाले लिए १० विकेट

श्रीलंकन क्रिकेट टिमका पूर्व कप्तान लसिथ मालिंगा उमेरका हिसावले पाको हुदै गएपनि उनी क्रिकेटमा भने कुनै कन्चुस्याई गर्दैन । खेलाडीलाई एक खेल खेलपछि आरामको खोजीमा हुन्छन ।

मालिंगाले पछिल्लो पटक १२ घण्टामा दुई देशमा खेल खेलर आफु अझैपनि लयमा रहेको प्रमाणित गरेका छन । उनले आइपीएलमा मुम्बईबाट चेन्नेविरुद्ध खेलेको १२ घण्टामा श्रीलंका पुगेर घरेलु क्रिकेट खेले । चेन्नेइ विरुद्धको खेलमा ३४ रनमा तीन विकेट लिएका मालिंगा त्याहि राति श्रीलंका उडे । जहाँ उनले गाले टिमको कप्तानी गरेर केन्डीलाई पराजित गरे ।

उनले टिमले २५६ रनको स्कोर बनाउदा ब्याटिङमा दुई रन मात्र बनाए । तर बलिङमा उनले ४९ रन दिएर सात विकेट लिए र टिमलाई एक सय ५६ रनले विजयी बनाए । आइपीएलमा उनले चेन्नेइलाई पहिलो हारको स्वाद चखाउदा सेन वाट्सन, केदार जादव र ड्वान ब्राभोको विकेट लिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest