आईसीसी विश्वकप खेल्ने लक्ष्यमा नेपालकाे यू-१९ टिम

आईसीसी यू–१९ विश्वकपका लागि एसिया छनोट प्रतियोगितामा सहभागि हुन नेपाली टिम आज मलेसिया प्रस्थान गरेको छ ।

मलेसियामा बुधबारदेखि हुने प्रतियोगितामा जान लागेको टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यस सचिव केशव कुमार विष्टले विदाई गरेका थिए । रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपाली टिममा आशिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, भीम सार्की, रविकुमार साह, रित गौतम, कमलसिंह ऐरी, रसिद खान, सागर ढकाल, कुशल मल्ल, अभिशेक बस्नेत, हरिबहादुर चौहान, प्रतिश जिसी, आकाश चन्द, सूर्य तामाङ, लोकेश बम र शेर मल्ल छन् । प्रतियोगिताका लागि नेपाली टिमले भारतको अन्ध्रप्रदेशमा गएर प्रशिक्षण गरेको थियो ।

नेपालले पहिलाे खेल १२ तारिखमा सिंगापुर विरूद्द खेल्नेछ । १२ देखि १८ अप्रिलसम्म चल्ने प्रतियोगितामा नेपाल सहित ६ टिम प्रतियोगितामा सहभागिता छन् जसमा आयोजक मलेसिया, कुवेत, ओमान, सिंगापुर र युएई रहेका छन्।

यस प्रतियोगितामा सबै टिमले एकअर्का बिरुद्ध १-१ खेल खेल्नेछन् र शिर्ष स्थानमा हुने एक मात्र टिम आगामी वर्ष दक्षिण अफ्रीकामा आयोजना हुने आइसिसि यु-१९ एकदिवसीय विश्वकप प्रतियोगितामा छनौट हुनेछ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest