सन्दिप लामिछानेकाे टी-२० क्रिकेटमा नयाँ रेकर्ड

नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपुर्ण बलरमा रहदै आएका युवा लेग स्पिनर सन्दिप लामिछानेले टी-२० क्रिकेटमा ५० विकेट पुरा गरेका छन । उनी याे काेषेढुंगा पार गर्ने पहिलो नेपाली बलर बनेका छन् ।

आईपिएलमा रोयल च्यालेन्जर्स बेंगलोर बिचको खेलमा बैंग्लोरका मोइन अलीकाे विकेट लिएपछि लामिछानेले टी-२० खेलमा ५० विकेट पुरा गरेका हुन् ।

सन्दिपले गत संस्करणको आईपिएलमा बैंग्लोर बिरुद्धको खेलबाट नै ट्वान्टी ट्वान्टीमा डेब्यु गरेका थिए । त्यसयता सन्दिपले ४० खेलमा ५० विकेट पुरा गरेका हुन् ।

सन्दिप पछाडी टी-२० मा नेपालको लागि धेरै विकेट लिने सुचीमा बसन्त रेग्मी रहेका छन् । उनले ३५ खेलमा ४६ विकेट लिएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest