आइपीएल: दिल्ली डेयरडेभिल्स टिमकाे तेस्राे जीत

इन्डियन प्रिमियर लिग आइपीएलमा दिल्ली डेयरडेभिल्सले रोयल च्यालेञ्जर्स बैंलोरलाई ४ विकेटले हराएको छ । जारी प्रतियोगितामा बैंग्लोरको यो लगातार छैटौ हार हो भने दिल्लीले तेस्रो जित निकालेको छ ।

घरेलु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बैग्लोरले २० ओभरमा आठ विकेट गुमाएर एक सय ४९ रन बनायो । ४० रनमा दुई विकेट गुमाएको बैंग्लोरले एक सय तीन रन बनाउदा चार विकेट खेर फाल्यो । उसका लागि कप्तान विराट कोहलीलले ४१ रन बनाए भने मोयन अलीले ३२ तथा अक्सदिप नाथले १९ रन बनाए ।

यस्तै एवी डिभिलियर्सले १७ रन बनाउदा मार्कुस स्टोनीसले १५ रनको योगदान गरे । बलिङमा कागियो रावाडाले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए । यस्तै नेपाली बलर सन्दिप लामिछानेले एक विकेट लिए ।

जवाफमा दिल्लीले सुरुवात राम्रो गर्न नसकेपछि कप्तान श्रेयस ऐयरको उत्कृष्ट ब्याटिङका कारण ७ बल बाँकि हुँदा ६ विकेट गुमाएदै लक्ष्य पुरा गर्यो । उसका ओपनर शिखर धवन खाता खोल्न नपाउँदै आउट भए भने त्यसपछि पृथ्वी शा २८ रन बनाए भने इन्ग्रामले २२ तथा कप्तान श्रेयस ऐयरले ६७ रन बनाए । उनले ५० बलमा आठ चौका र दुई छक्का प्रहार गरे ।

जितसँगै दिल्लीले ६ खेलमा ६ अंक बनाएको छ । हारपछि बैंग्लोरको शिर्ष चारमा पुग्ने संभावना लगभग सकिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest