मलेसियामा हुने डा. एमए शाह इन्टरनेशनल क्रिकेट ट्रफीमा नेपालकाे टिमले खेल्ने

आगामी जुलाईमा मलेसियामा हुने डा. एमए शाह इन्टरनेशनल क्रिकेट ट्रफीमा नेपालबाट पनि एक क्लवले सहभागिता जनाउने भएकाे छ ।

क्वालालम्पुरमा १७ देखि २३ जुलाईसम्म विभिन्न देशका १२ क्रिकेट क्लबका बीचमा हुने प्रतियोगितालाई मलेसियन क्रिकेट बोर्डले मान्यता दिएको छ । उक्त प्रतियोगितामा नेपालसहित मलेसिया, पाकिस्तान, भारत, दक्षिण अफ्रिका, श्रीलंका, हङकङ, सिंगापुर र बंगलादेशका क्लबले भाग लिने छन् ।

१२ टिमलाई चार समूहमा विभाजन गरेर टी–२० फरम्याटमा खेलाइने प्रतियोगिताको बिजेताले २० हजार रिंगट र उप विजेताले १० हजार रिंगेट पुरस्कार पाउने छन् । नेपालबाट कुन क्लवले सहभागिता जनाउने भन्ने एकिन हुन सकेकाे छैन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest