आईपीएलमा पन्जाब र हैदरावादकाे भिडन्त

भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (सोमबार) एक खेल हुँदैछ ।

चन्द्रीगढमा सोमबार हुने खेलमा घरेलु टोली किंग्स इलाभेन पन्जाब र सनराइजर्स हैदरावादबीच खेल हुनेछ । पन्जाब र हैदरावादबीचको खेल बेलुका ८:१५ मा सुरु हुनेछ ।

पन्जाब क्रिकेट एसोसियसनको मैदानमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

घरेलु टोलीविरुद्ध हैदरावाद चौंथो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । हैदरावाद पाँच खेलमा ३ जितसहित ६ अंक जोडेको छ । हैदरावाद तेस्रो स्थानमा छ ।

यता, घरेलु टोली पन्जाब पनि चौंथो जितको खोजीमा हुनेछन् । छैटौं स्थानको पन्जाबको ६ अंक रहेको छ ।

पन्जाब र हैदरावादबीचको पछिल्लो पाँच खेलमा हैदरावाद बलियो देखिएको छ । पन्जाबले १ खेलमा जित निकाल्दा हैदरावादले ४ खेल जितेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest