इन्डियन प्रिमियर लिगमा काेलकाता र चेन्नेइविच शिर्ष स्थानकाे हाेड

इन्डियन प्रिमियर लिगमा आज लिग लिडर कोलकाता नाइराइडर्स र उसलाई पक्ष्याइरहेको चेन्नेइ सपुर किंग्स विच प्रतिस्पर्धा हुनेछ ।

चेन्नेइमा हुने यो खेल राती सवा आठ बजेबाट सुरु हुनेछ । जारी प्रतियोगितामा लिगको शिर्ष स्थानमा रहेको कोलकाता र चेन्नेइको समान आठ आठ अंक भएपनि रन रेटका आधारमा कोलकाता अगाडी रहेको छ ।

अन्तिम पटक यी दुई टिम सन् २०१८ मा खेल्दा कोलकाताले ६ विकेटको जित निकालेको थियो । यो सिजनमा पनि दुबै टिम राम्रो लयमा देखिएका छन । कोलकाताका आन्द्रे रसेको प्रदर्शनमा टिम निकै निर्भर रहेको छ ।

चेन्नेइ विरुद्ध खेलको ८ खेलमा कोलकाताले दुई खेलमात्र जित्न सकेको छ । यो खेल धोनी भर्सेस दिनेश कार्तिकका साथै विस्फोटक टिम विरुद्ध कुल टिमका रुपमा पनि रहेका छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest