इण्डियन प्रिमियर लिगमा आज मुम्बई र पन्जाबबीच प्रतिस्पर्धा

भारतमा जारी इण्डियन प्रिमियर लिगमा आज मुम्बई इन्डियन्स र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुनेछ ।

वान्खडे क्रिकेट स्टेडियममा राति सवा ८ बजेबाट हुने खेलमा दुबै टिमकाे लक्ष्य जित नै रहेकाे छ । पन्जाब घरेलु टोलीलाई हराउँदै लिगमा आफ्नो उत्कृष्ट प्रदर्शन कायम राख्न चाहन्छ भने मुम्बई घरेलु मैदानमा पन्जावलाई हराएर शीर्ष क्लबसंगको अंक दुरी कम गर्ने लक्ष्यमा छ। 

जारी सिजन पन्जावले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । तर, मिडल अर्डरका ब्याट्सम्यान चल्न नसक्दा पन्जाबलाई तनाव भएको छ ।

लिगको तेस्रो स्थानको पन्जावले ६ खेलबाट ८ अंक छ । यदि अाज मुम्बईलाई पराजित गरेमा पन्जावले शीर्ष स्थानको चेन्नई सुपर किङ्ससंग अंक बराबरी गर्नेछ । चेन्नईको १० अंक छ । पाँचौ स्थानको मुम्बईले ५ खेलबाट ६ अंक जोडेको छ ।

पछिल्ला पाँच खेलमा मुम्बईले ३ खेल जितेको छ भने पन्जावले दुई खेल जितेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest