विराट बर्षकाे उत्कृष्ट क्रिकेटर

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले क्रिकेटर अफ दि इयरको उपाधि जितेका छन्  ।

विश्वकै प्रतिष्ठित क्रिकेट पुस्तक विस्डेन अलम्यानाकले बुधबार सार्वजनिक गरेको अवार्ड कार्यक्रममा कोहलीले क्रिकेटर अफ दि इयरको उपाधि पाएका हुन् ।

कोहलीसंगै जोश बट्लर, साम करण,टामी बेओउमोउन्ट र रोरी बुर्नेसले पनि क्रिकेटर अफ दि इयरको उपाधि पाएका छन् ।

अफगानिस्तानका राशिद खानले लगातार दोस्रो पटक टी-ट्वान्टीतर्फको क्रिकेटर अफ दि इयरको उपाधि जितेका छन् ।

यस्तै भारतीय क्रिकेट टोलीका सदस्य स्मृति मन्धनाले महिलातर्फको लिडीङ क्रिकेटर अफ दि इयरको उपाधि जितेकी छिन्  ।

विस्डेन अलम्यानाकलाई क्रिकेटको बाइबल मानिन्छ । र, यस पुस्तकको कभरमा आफुलाई उभ्याउन क्रिकेट खेलाडीहरुको सपना हुने गर्छ ।

विस्डेन अलम्यानाकले हरेक बर्ष बर्ष क्रिकेट अवार्ड प्रदान गर्ने गर्छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest