काठमाडौं – क्विन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा हुन लागेको वुमन च्याम्पियन्स लिग नयाँ मिती जेठ ३ देखि ११ गतेसम्म हुने भएको छ ।
यसअघि चैत्र २३ गतेबाट हुने भनिएको मिती प्राविधिक कारणले जेठमा सरेको क्विन्स इभेन्ट्सले जनाएको छ ।
काठमाडौंको कीर्तिपुर मैदानमा हुने यस प्रतियोगिता मा कुल ५ टिमको सहभागिता हुनेछ । प्रतियोगितामा सहभागिता जनाउने टिमको नाम र मार्की खेलाडी शुक्रबार सार्वजनिक गरिने भएको छ ।
याे प्रतियाेगिताका लागि आयाेजकले खेलाडी अनुबन्ध ड्राफ्टबाट गर्ने तयारी गरेकाे छ । जसका लागि खेलाडीकाे दर्ता पनि सुरु गर्ने तयारी गरेकाे छ ।