सिंगापुर विरुद्ध नेपाल यू–१९ काे लक्ष्य सहज जित

आइसीसी यू–१९ बिश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोट प्रतियोगितामा नेपालले भोली पहिलो खेल सिंगापुर विरुद्ध खेल्दैछ । सेलेंगोर टर्फ क्लवको मैदानमा हुने खेल नेपाली समय अनुसार विहान पौने आठ बजेबाट सुरु हुनेछ ।

उमेर समुहमा नेपाल र सिंगापुर चिरपरिचित टिम हुन । तर सिंगापुर विरुद्ध नेपालले हार चाख्नु परेको छैन । पछिल्लो पटक यी दुई टिम २०१७ को विश्वकप छनोटमा खेलेका थिए । जसमा दुई खेलमा नेपाल विजयी भएको थियो । एउटा खेलमा नेपाल २२ रनले विजयी भएको थियो भने अर्को खेलमा चार विकेटले जितेको थियो ।

खेल तालिका हेर्न यहाँ थिच्नु होस ।

मलेसियाको क्वालालम्पुरमा आज भएको प्रिम्याच कन्फ्रेन्समा बोल्दै प्रशिक्षक विनोद दाशले सिंगापुर विरुद्धको खेललाई सहज रुपमा नलिने बताए । साथै उनले मानसिक रुपमा सिंगापुर विरुद्ध नेपाली टिम बलियो देखिएपनि खेलका दौरान जे पनि हुनसक्ने बताउदै राम्रो खेल्नु पर्ने बताए ।

यता कप्तान रोहित पौडेलले आफ्नो लक्ष्य विश्वकमा छनोट हुने बताउँदै जितका लागि उत्रने बताए । साथै उनले पहिलो पटक टिमका कप्तानी गरिरहेकाले यसलाई मेमोरेबल बनाउने बताए ।

१२ देखि १८ अप्रिलसम्म चल्ने प्रतियोगितामा नेपाल सहित ६ टिम प्रतियोगितामा सहभागिता छन् जसमा आयोजक मलेसिया, कुवेत, ओमान, सिंगापुर र युएई रहेका छन्।

यस प्रतियोगितामा सबै टिमले एकअर्का बिरुद्ध १-१ खेल खेल्नेछन् र शिर्ष स्थानमा हुने एक मात्र टिम आगामी वर्ष दक्षिण अफ्रीकामा आयोजना हुने आइसिसि यु-१९ एकदिवसीय विश्वकप प्रतियोगितामा छनौट हुनेछ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest