विराटनगरमा हुने महिला क्रिकेट लिग काठमाडाैमा सर्याे

काठमाडौं, २८ चैत । वुमेन्स टी–२० लिग जेठमा आयोजना हुने भएको छ ।

एनसीएल स्पोर्टस प्रालिले यसअघि विराटनगरको बैजनाथ क्रिकेट मैदानमा बैशाख ७ गतेदेखि १४ गतेसम्म गर्ने गरि खेलाडीको अक्सन समेत गरेका थिए ।

तर बैशाखमा प्रदेश पाँचमा आयोजना हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता जुधेको कारण देखाउँदै आयोजक एनसीएलले जेठमा प्रतियोगिता काठमाडौंको कीर्तिपुर मैदानमा आयोजना गर्ने नयाँ मिति सार्वजनिक गरेका छन् ।

अब वुमेन्स टी–२० जेठ ६ गतेदेखि १३ गतेसम्म कीर्तिपुरमा आयोजना गर्ने गरि राष्ट्रिय खेलकूद परिषद् राखेपसँग मैदान ‘बुकिङ’ भइसकेको जनाइएको छ ।

बिराटनगरको तापक्रम सँगै अन्य मौसम यो सिजनमा क्रिकेट प्रतियोगिता संचालन गर्न योग्य नहुने सुझाव प्रतियोगिताको प्राबिधिक समिति, टिम ओनर, टिमका मार्की खेलाडीहरु सङ्गै सम्पूर्ण क्रिकेट सम्बद्ध ब्यक्ती र संस्थाहरुको सुझावका कारण प्रतियोगिता काठमाडौमा गर्ने निर्णय भएको पनि जनाइएको छ । प्रतियोगितामा अक्सन मार्फत हरेक टिमले १३–१३ जना खेलाडिहरु खरिद गरेसकेका छन ।

नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्री, टोलीकी सदस्य सिता रानामगर, नेरी थापा, करुणा भन्डारी चार अलग अलग टोलीको मार्की खेलाडीका रुपमा यसअघि नै अनुबन्ध गरिसकिएको छ ।
क्रिकेट लिगमा ४ सहरका ४ फ्रेन्चाइज्ड टोलीकोहरुको सहभागिता रहनेछ । सहभागी टोलीका मालिकहरु अनुप सक्सेना (विराटनगर रोअरिङ्ग लायोनेस) , अनिल भण्डारी (भैरहवा क्विन्स), बिमोचन उप्रेती (धनगढी वन्डर वोमेन), रेखा थापा (काठमाडौ सुपर च्याम्पियन्स) रहेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest