विश्वकप छनाेटमा नेपाल र सिंगापुर खेल्दै

आइसीसी यू–१९ विश्वकप छनोटमा नेपालले पहिलो खेलमा आज सिंगापुर विरुद्ध खेल्दैछ । सेलेंगोर टर्फ क्लवको मैदानमा हुने खेल नेपाली समय अनुसार विहान पौने आठ बजेबाट सुरु हुनेछ ।

उमेर समुहमा नेपाल र सिंगापुर चिरपरिचित टिम हुन । पछिल्लो पटक यी दुई टिम अन्तिम पटक २०१७ को विश्वकप छनोटमा खेलेका थिए । जसमा दुई खेलमा दुबैमा नेपाल विजयी भएको थियो । एउटा खेलमा नेपाल २२ रनले विजयी भएको थियो भने अर्को खेलमा चार विकेटले जितेको थियो ।

आजको खेलमा नेपाली टिमले नयाँ खेलाडीलाई मौका दिन संभावना रहेको छ । प्रिम्याच कन्फ्रेन्समा बोल्दै कप्तान रोहित पौडेलले आफ्नो लक्ष्य विश्वकमा छनोट हुने बताउँदै जितका लागि उत्रने बताए । साथै उनले पहिलो पटक टिमका कप्तानी गरिरहेकाले यसलाई मेमोरेबल बनाउने बताए ।

यता सिंगापुरका कप्तान अमन देशाईले नेपाल यो प्रतियोगिताको बलियो टिम रहेकाले टिमले त्यहि अनुसार रणनिती बनाउने बताए । सेलेंगरको मैदानको पिचको अवस्था हेरेर प्लेइङ सेट बनाउने दुबै टिमले बताएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest