सिंगापुरविरुद्ध नेपालकाे २०० रन पुरा

यू १९ विश्वकप क्रिकेटको एशिया छनोटमा सिंगापुरविरुद्ध नेपालकाे २०० रन पुरा भएकाे छ ।  १८ रन बनाउँदा दुई विकेट गुमाएको नेपालको इनिङलाई पवन शर्राफ र रोहितकुमार पौडेलले अघि बढाएका थिए ।

ओपनिङ आएका पवनले ५३ बल खेल्दै ४७ रन बनाए । तीन रनमा रित गौतमलाई गुमाएको नेपालले दोस्रो विकेट १८ रन हुँदा आशिफ शेखको रुपमा गुमायो । आशिफले ८ रन बनाएर आउट भए । त्यसपछि क्रिजमा आएका रोहितले पवनसँग राम्रो साझेदारी गर । तेस्रो विकेटको रुपमा पवन टिमको स्कोर १०८ रन हुँदा आउट भए ।

नेपालले एक सय आठ रनमा नै चौथो विकेट गुमायो । सन्दिप जोराले खाता खोल्न नपाउँदै आउट भए । त्यसपछि एक सय ४४ रनमा नेपालको पाँचौ विकेट झर्यो । भिम शार्की २६ रनमा आउट भए । उनले १९ बलमा चार चौका र एक छक्का प्रहार गरे । त्यसपछि क्रिजमा आएका कुशल मल्ल पनि मात्र १० रनमा आउट भएपछि नेपालको एक सय ६० रनमा छैटौं विकेट गयो ।

त्यसपछि रोहित र रासिद खानले सातौं विकेटका लागि ४० रनको साझेदारी गर्दै टिमको स्कोर २०० रन पुरा गरे । राेहित ७५ रनमा खेलिरहेका छन भने रासिद खान २३ रनमा क्रिजमा छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest