सतक बनाउनबाट चुके राेहित

आइसीसी यू–१९ विश्वकपको एशिया छनोट अन्तर्गत सिंगापुर विरुद्धको खेलमा नेपालका कप्तान रोहित पौडेलले सतक बनाउनबाट चुकेका छन । उनी ९५ रनमा आउट भए ।

टिमका स्कोर १८ रनमा दुई विकेट हुँदा क्रिजमा आएका कप्तान रोहितले जिम्मेवारी पारी खेल्दै अर्धसतक बनाए । उनले तेस्रो विकेटका लागि पवन सराफसँग ९० रनको साझेदारी गरे भने त्यसपछि भिम शार्कीसँग ३६ रन बनाए ।

जसका कारण नेपालको पारी सम्हालिएको थियो । ५१ बलमा ६ चौका प्रहार गर्दै अर्धसतक बनाए ।त्यसपछि पनि उनले आफुलाई क्रिजमा डटेर खेल्दै रासिद खानसँग ७७ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । तर अन्तिममा उनी रन लिने क्रममा आउट हुन पुगे । उनले सात चौका र एक छक्का प्रहार गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest