सिंगापुर सामु नेपालले दियाे २८३ रनकाे लक्ष्य

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा अलआउट हुँदै दुई सय ८२ रन बनायो । १८ रन बनाउँदा दुई विकेट गुमाएको नेपालको इनिङलाई पवन शर्राफ र रोहितकुमार पौडेलले अघि बढाएका थिए ।

ओपनिङ आएका पवनले ५३ बल खेल्दै ४७ रन बनाए । तीन रनमा रित गौतमलाई गुमाएको नेपालले दोस्रो विकेट १८ रन हुँदा आशिफ शेखको रुपमा गुमायो । आशिफले ८ रन बनाएर आउट भए । त्यसपछि क्रिजमा आएका रोहितले पवनसँग राम्रो साझेदारी गर । तेस्रो विकेटको रुपमा पवन टिमको स्कोर १०८ रन हुँदा आउट भए ।

नेपालले एक सय आठ रनमा नै चौथो विकेट गुमायो । सन्दिप जोराले खाता खोल्न नपाउँदै आउट भए । त्यसपछि एक सय ४४ रनमा नेपालको पाँचौ विकेट झर्यो । भिम शार्की २६ रनमा आउट भए । उनले १९ बलमा चार चौका र एक छक्का प्रहार गरे । त्यसपछि क्रिजमा आएका कुशल मल्ल पनि मात्र १० रनमा आउट भएपछि नेपालको एक सय ६० रनमा छैटौं विकेट गयो ।

सातौ विकेटका लागि रोहित र रासिद खानले ७७ रनको साझेदारी गर्दै नेपाललाई बलियो स्थितीमा पुर्याएका थिए । तर रासिद ४८ रनमा रनआउट हुँदा नेपालका स्कोर दुई सय ३७ रन थियो । उनले ४७ बलमा चार चौका र दुई छक्का प्रहार गरे ।

त्यसपछि नेपालको स्कोर दुई सय ७४ रन हुँदा रोहित कुमार पौडेल आउट भए । उनी सतक बनाउनबाट मात्र ५ रनले चुके । उनले एक सय ५ बलमा सात चौका र एक छक्का प्रहार गरेका थिए । त्यसपछि कमलसिंह ऐरी पनि ३१ रनमा आउट हुदा अन्तिमका खेलाडीले खाता खोल्न सकेनन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest