स्टेडियम निर्माणका लागि हुने च्यारिटी खेलकाे तयारी पुरा

चितवनको भरतपुरमा निर्माण हुन लागेकाे ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको सहयोगका लागि हुन लागेकाे च्यारीटी क्रिकेट प्रतियाेगिता मातृभूमि कपकाे तयारी पुरा भएकाे आयोजकले जनाएका छन ।

प्रतियोगितामा कलाकारहरुको दुई टोली र राष्ट्रिय क्रिकेटरको दुई टाेलीले प्रतिस्पर्धा गर्नेछन । धर्मुस सुन्तली फाउन्डेसनले बनाउने लागेकाे क्रिकेट मैदानकाे सहयाेगका लागि हुन लागेकाे प्रतियाेगिता विहान १० बजेबाट हुनेछ । गत शनिबार नै हुने भनिएकाे याे खेल बर्षाका कारण याे शनिबार सारिएकाे हाे ।

भाेली उठ्ने कुल रकमकाे १५ प्रतिशत बारामा हावाहुरीबाट ज्यान गुमाएकाे परिवारलाइ सहयाेग गर्ने बताएका छन ।

क्रिकेटर र कलाकारहरुलाई ‘ए’ र ‘बी टोलीमा विभाजन गरेर खेलाइने छ । क्रिकेटरको ‘ए’ टिमको नेतृत्व पारस खड्काले र ‘बी’ टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन् । यस्तै कलाकारको ‘ए’ टिमको नेतृत्व मदनकृष्ण श्रेष्ठले र ‘बी’ टिमको नेतृत्व हरिवंश आचार्यले गर्नेछन् । क्रिकेटरबीचको खेल अगाडि कलाकारबीचको मनाेरञ्जनात्मक खेल हुनेछ ।

जसका लागि सुनिल थापा, बद्री पंगेनी, सरोज खनाल, सलिनमान बनिया,दयाहाङ राई, निश्चल बस्नेत, सुरजसिंह ठकुर लगायत कलाकारहरु तयार छन ।

टिम ए मा मदनकृष्ण सहित सन्दीप क्षेत्री, सुनील थापा, कमल मैनाली, बद्री पंगेनी, श्याम पुरी, कुमार कट्टेल, कर्म शाक्य, हेमराज बिसी, घनश्याम गौतम निराजन प्रधान, सन्तोष लामा, अनमोल गुरुङ, राजु ढकाल, दिपक ढकाल र दिलिप ओखेडा रहेका छन् ।

यस्तै, समूह बी मा हरिवंशसहित सलिनमान बनिया, हेमन्त शर्मा, अनुराग कुँवर, शंकर केसी, कृष्ण काफ्ले, निर शाह, सरोज खनाल, निश्चल बस्नेत, दयाहाङ राई, बीरेन्द्र हमाल, हेमन्त राना, पल शाह, अर्जुन घिमिरे, राजा राजेन्द्र पोखरेल र माओत्से गुरुङ रहेका छन् ।

क्रिकेटरमा नेपाल ‘ए’ मा पारससहित शरद भेषावकर, अनिलकुमार शाह, ललितनारायण राजवंशी, सोमपाल कामी, आरिफ शेख, अविनाश बोहरा, सुनील धमला, र भुवन कार्की छन् ।

नेपाल ‘बी’ मा कप्तान ज्ञानेन्द्रसहित विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, सुसन भारी, दिलीप नाथ, वसन्त रेग्मी, करण केसी, ललितसिंह भण्डारी,  विक्रम सोब र प्रदीप ऐरी छन् ।

खेलका लागि टिकटदर १ हजार र तीन सय रुपैयाँ तोकिएको छ । साथै रंगशाला निर्माणको सहयोगार्थ स्वेच्छाले थप रकम दिन पनि सकिनेछ । यसका साथै भोलिको खेलबाट उठेको रकमको १५ प्रतिशत बाराका हुरी पिडितहरुलाई दिइनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest