डब्लुसीएलमा सहभागि टिम र मार्की खेलाडी सार्वजनिक

क्विन्स इभेन्टस म्यानेजमेन्टको आयोजनामा जेठ तीन गतेदेखि ११ गतेसम्म हुने प्रतियोगितामा सहभागि ५ वटा टिम र मार्की खेलाडी सार्वजनिक गरिएकाे छ ।

क्विन्स इभेन्ट्सले आयोजना गरेको कार्यक्रममा यो प्रतियोगितामा सहभागिता जनाउने टिम यस्ता छन ।

ललितपुर फाल्कोन्सः मालिक श्रीजना जोशी, मार्की खलाडी नेरी थापा

पोखरा पल्टनः मालिक विनायक पोखरेल मार्की खलाडी सीता रानामगर

क्यापिटल्स रोयल्सः काठमाडौंः मालिक दिपा अग्रवाल मार्की खेलाडी रुविना क्षेत्री

चितवन राइनोजः मालिक मिङमा डण्डु शेर्पा मार्की खेलाडी इन्दु बर्मा

विराटनगर टाइटन्सः मालिक पारस लुनिया र मार्की खेलाडी सरिता मगर

पोखरामा पुरुष क्रिकेटको पोखरा प्रिमियर लिगको आयोजना गरेको क्विन्स इभेन्ट्सले महिला क्रिकेटको प्रर्वदनका लागि पनि यो प्रतियोगिता गर्न लागेको हो । यसअघि चैत्र २२ गतेदेखि ३० गतेसम्म गर्ने भनिएको प्रतियोगिता जेठमा सरेको हो ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest