दिल्लीले काेलकातालाई सात विकेटले हरायो

इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्सले चौथो जित निकालेको छ । आज भएको खेलमा दिल्लीले कोलकातालाई सात विकेटले हरायो ।

कोलकाताको इडेन गार्डेनमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७८ रन बनायो । आजको खेलमा तीन जना परिवर्तन गरेको कोलकाताका लागि शुंभ गिलले ६५ तथा रविन उथप्पाले २८ रन बनाए । यस्तै आन्द्रे रसेलले ४५ रन थपे । रसेलले ४० भन्दा माथिको आँकडा पार गरेको यो लगातार छैटौ पटक हो ।

दिल्लीले नेपाली बलर सन्दिप लामिछानेलाई बेन्चमा राखेको थियो । जसमा उसका क्रिस मोरीस, कागियो रावाडा र पउलले दुई दुई विकेट लिए ।

जवाफमा दिल्लीले १८ ओभर ५ बलमा तीन विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

मध्यम सुरुवात गरेको दिल्लीले पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरेको थियो । उसकालागि ओपनर पृथ्वी शा ले १४ रन बनाए । तेस्रो विकेटका लागि रिशव पन्त र शिखर धवनले सतकीय साझेदारी गर्न सफल भए । शिखर धवनले आक्रामक पारी खेले । दिल्लीको जितमा पुरै पारी खेलेका उनले ६३ बलमा ११ चौका र २ छक्काको मद्दतले अविजीत ९७ रन बनाए ।

यस्तै रिशब पन्त ४६ रनमा आउट भए । उनले ३१ बलमा चार चौका र दुई छक्का प्रहार गरे । अन्तिममा कोलीन इन्ग्रामले छक्का प्रहार गर्दै टिमलाई जित दिलाए । जितपछि दिल्लीको सात खेलमा आठ अंक भएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest