पहिले ब्याटिङकाे निम्ताे पाएकाे नेपालकाे मध्यम प्रदर्शन

आईसीसी यू–१९ विश्वकपको एसिया छनोटमा यूएईविरुद्ध खेलिरहेको नेपालले पाँचौं विकेट गुमाएको छ ।

पाँचौ विकेटको रुपमा ओपनिङ आएका रित गौतम आउट भएका हुन् । अहिले सम्म रित गौतम सहित पवन शर्राफ, सन्दीप जोरा, रोहित कुमार पौडेल, आशिफ शेख आउट भइसकेका छन् । पहिलो विकेटको रुपमा पवन शर्राफ १२ रन बनाएर आउट हुँदा दोस्रो विकेटको रुपमा आशिफ शेख २७ रन बनाएर आउट भए ।

तेस्रो विकेटको रुपमा नेपालले कप्तान रोहित कुमार पौडेललाई गुमाएको थियो । पौडेलले नेपालका लागि १८ रन बनाए ।

चौथो विकेटको रुपमा सन्दीप जोरा ४ रन बनाएर पेभेलियन फर्किए । पाँचौं विकेटको रुपमा ओपनिङ आएका रित गौतम बाटो लागे । उनले ४४ रन बनाए । सम्हालिएर प्रदर्शन गरेका रितले ७३ बलमा ३ चौका प्रहार गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest