चाैहानकाे डेब्यु खेलमा नै अर्धशतक

आइसीसी यू–१९ विश्वकपको एशिया छनोटमा नेपालका हरीबहादुर चौहानले डेब्यु खेलमा नै अर्धसतक बनाएका छन ।

पहिलो पटक यू–१९ टिममा स्थान बनाएका चितवनका हरीले युएई विरुद्ध टिममा मौका पाएका थिए । उनले सो मौकालाई सदुपयोग गर्दै अर्धसतक प्रहार गरे । टिम केहि कठिन स्थितीमा रहेको बेला क्रिजमा आएका हरीले भिम शार्कीसँग ९२ रनको साझेदारी गरेका थिए ।

घरेलु क्रिकेटमा आफुलाई प्रमाणित गरिसकेको हरीले प्रधानमन्त्री कप क्रिकेटमा सतक बनाउनुका साथै ह्याट्रिक लिने खेलाडी बनेका थिए । तर त्यसपछि उनी नेपालको टिममा आउने आशा गरिएपछि सफल भएका थिएनन् । यसपटक प्रशिक्षक विनोद दाशले उनको क्षमताको कदर र उनले गरेको प्रदर्शनका आधारमा टिममा राखेका हुन ।

सिंगापुर विरुद्धको खेलमा उनी बेन्चमा रहेपछि युएई विरुद्ध राम्रो ब्याटिङ लाइनअप बनाउन प्रशिक्षक दाशले उनलाई मौका दिएका हुन । अलराउण्डर चौहानले ६२ बलमा पाँच चौकाको मद्दतले अर्धसतक बनाउन सफल भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest