नेपालले युएईलाई दुई सय ४८ रनको लक्ष्य दियाे

आइसीसी यू–१९ विश्वकपको एशिया छनोटमा नेपालले युएईलाई दुई सय ४८ रनको लक्ष्य दिएको छ । मलेसियाको किनरारा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा २४७ रनमा बनायो ।

नेपालले सुरुवात राम्रो गर्न सकेन । २२ रन हुँदा नेपालका ओपनर पवन सराफ ब्यक्तिगत १२ रनमा आउट भए । त्यसपछि दोस्रो विकेटका लागि रित गौतम र आसिफ शेखले ४७ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए । तर आसिफ २७ रनमा आउट भएपछि नेपालले ६९ रनमा दोस्रो विकेट गुमायो ।त्यसपछि कप्तान रोहितकुमार पौडेल पनि ब्यक्तिगत १८ रनमा पेभेलियन फर्किदा नेपालले स्कोरबोर्डमा ९७ रन बनाएको थियो ।

त्यसपछि भने नेपालले अरु १८ रन जोड्दा थप दुई विकेट गुमायो । जसका कारण नेपालले एक सय १५ मा ५ विकेट खेर फाल्यो । सन्दिप जोरा मात्र चार रनमा आउट भए भने रित गौतम ४४ रनमा पेभेलियन फर्किए ।छैटौ विकेटका लागि डेब्यु गरेको हेरी चौहान र भिम शार्कीले ९२ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । तर भिम ५३ रनमा आउट हुन पुगे । उनले ५४ बलमा चार चौका र दुई छक्का प्रहार गरेका थिए ।

तर यी दुई खेलाडीको साझेदारी टुटेपछि नेपालका पारी एका एक कमजोर बन्यो ।नेपालले दुई सय २४ रन बनाउदा नौ विकेट गुमायो । पुछारका खेलाडी कुशल मल्ल र रासिद खान एक एक रनमा आउट भए भने कमलसिंह ऐरीले मात्र दुई रन बनाए । नेपालका लागि आज डेब्यु गरेका हरी चौहानले अर्धसतक बनाए । उनले अविजीत ६७ रनको पारी खेले ।बलिङमा युएईका रिसव मुखर्जीले चार विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest