खराव माैसमका कारण नेपाल र युएइकाे खेल राेकियाे

आइसीसी यू–१९ विश्वकपको एशिया छनोटमा नेपाल र युएइ विचकाे खेलमा बर्षा बाधक बनेकाे छ । युएइकाे स्काेर १२२ रनमा तीन विकेटकाे अवस्थामा खराव माैसमका कारण खेल राेकिएकाे हाे ।

नेपालले दिएको दुई सय ४८ रनको लक्ष्य पक्ष्याएको युएईले सुरुवात राम्रो नगरेपनि मध्यक्रमका खेलाडीले दरिलो साझेदारी गर्दा नेपाल दबावमा आएको थियो ।

५ रन हुँदा कमलसिंह ऐरीको बलमा आर्यन लाक्रालाई चार रनमा रोहित पोडेलले रनआउट गरे । त्यसपछि युएईको स्कोर २१ रन हुँदा दोस्रो विकेट झर्यो । कमलले सेइद हैदरललाई कुशल मल्लको हातबाट क्याचआउट गराए । उनले ११ रन बनाए ।

तर तेस्रो विकेटका लागि कप्तान अन्स तन्डोन र भ्रित्या अरविन्दले दरिलो साझेदारी गर्दा नेपाललाई राम्रो चुनौती पस्किएको छ । टिम दबावमा रहेका बेला यी दुई खेलाडीले सतकिय साझेदारी गर्दै टिमको पारी राम्रोसँग सम्हाले । जसमा कप्तान अरविन्दले अर्धसतक प्रहार गरे ।

तर युएईको स्कोर एक सय २२ रन हुँदा नेपालले यो साझेदारी तोड्न सफल भयो । उसका अन्स टण्डनलाई सागर ढकालले ५४रनमा आउट गरे । तर त्यसको लगत्तै भारी बर्षा भएपछि खेल रोकिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest