आईसीसीले भन्याे क्यानकाे निर्वाचन जतिसक्दाे चाँडाे गर

नेपाल क्रिकेट संघ क्यानको चुनावी प्रक्रिया तत्काल अघि बढाउन अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले निर्देशन दिएको छ ।

स्वतन्त्र कमिटिका कानुनी परामर्शदातालाई इमेल मार्फत आईसीसीले चुनावी प्रक्रियालाई चासाे दिएकाे हाे । स्वतन्त्र कमिटिको पछिल्लो बैठकले क्यानको नयाँ निर्वाचनको रोडम्याप तयार गरेपनि निलम्बित कमिटीले काम अघि बढाउन नसक्दा क्रिकेट विवाद झन लम्बिएकाे थियाे ।

क्यानको नयाँ विधान अनुसार निर्वाचन भएको जिल्लाहरुको कागजपत्र छानविन गरेर मान्यता दिने र प्रक्रिया नपुगेका जिल्लामा नयाँ निर्वाचन गर्ने सहमती भएकाे छ ।

सोही अनुसार २० वटा जिल्ला क्रिकेट संघको निर्वाचनलाई मान्यता दिदै १३ वटा जिल्लामा पुन निर्वाचन गर्नुपर्ने छ । निर्वाचन हुने जिल्लामा ७ वटा जिल्लामा पुरानै सदस्यताका आधारमा निर्वाचन गर्ने र ६ वटा जिल्लामा नयाँ सदस्यता सहित निर्वाचन गर्ने बिषयमा स्वतन्त्र कमिटिले सहमती जुटाएको थियो ।

तर जिल्ला क्रिकेट संघको निर्वाचनको कागजात समयमै उपलब्ध हुन नसक्दा नयाँ चुनावी प्रक्रिया अन्यौलमा परेको छ ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest