चेन्नेइकाे जितकाे यात्रा कायमै, सन्दिप बेन्चमा

इन्डियन प्रिमियर लिगमा चेन्नेइ सुपर किंग्सले सातौं जित निकालेको छ । आज भएको खेलमा चेन्नेइले कोलकातालाई ५ विकेटले हरायो ।

पहिले ब्याटिङ गरेको कोलकात्ताले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ६१ रन बनायो । उसका लागि क्रिस लियोनले ८२ रन बनाए भने नितीस रानाले २१ रनको योगदान गरे । यस्तै कप्तान दिनेश कार्तीकले १८ रन बनाए । यस्तै सुभंम गिलले १५ रनको योगदान गरे ।
जवाफमा चेन्नेइले दुई बल बाँकि हुँदा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसको जितमा सुरेस रैनाले ५८ तथा रविन्द्र जडेजाले ३१ र केदार ज्यादवले २० रन बनाए ।

अर्काे खेलमा सन्दिप लामिछाने हैदरावाद विरूद्दकाे खेलमा टिममा परेका छैनन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest