आइसीसी विश्वकप २०१९ का लागि अष्ट्रेलिया टिमको घोषणा

आउँदो मे महिनाको ३० तारिखबाट इङ्ल्यान्डमा सुरु हुन लागेको आसन्न आइसीसी विश्वकपका लागि क्रीकेट अष्ट्रेलियाले टिमको घोषणा गरेको छ ।

१५ सदस्य रहेको उक्त टोलीमा पूर्व कप्तान स्टिभ स्मिथ र ओपनर डेविड वार्नरले स्थान बनाउन सफल भएका छन भने पिटर ह्याड्स्कम्ब र जोश हेजल्वूडले स्थान गुमाएका छन ।

क्रीकेट अष्ट्रेलियाले सार्वजनिक गरेको टिममा आरोन फिंच (कप्तान), जेसन बेहरेनडॉर्फ, एलेक्स केरी (विकेटकीपर), नाथन कूल्टर नाइल, पैट कमिंस, उस्मान ख्वाजा, नाथन लियोन, शॉन मार्श, ग्लेन मैक्सवेल, झे रिचर्डसन, स्टीव स्मिथ, मिशेल स्टार्क, मार्कस स्टोइनिस, डेविड वॉर्नर, एडम जाम्पा रहेका छन ।

बिश्व कप २०१९ यही मे ३० तारिकबाट सुरु हुँदैछ । पहिलो खेल दक्षिण अफ्रीका र घरेलु टोली इङ्ल्यान्ड बिच हुनेछ । अष्ट्रेलियाले पहिलो खेल अफगानिस्तान सँग जुन १ तारिकमा खेल्ने छ ।

25 मई: (वॉर्म-अप) v इंग्लैंड
27 मई: (वॉर्म-अप) v श्रीलंका
1 जून: v अफगानिस्तान
6 जून: v वेस्टइंडीज
9 जून: v भारत
12 जून: v पाकिस्तान
15 जून: v श्रीलंका
20 जून: v बांग्लादेश
25 जून: v इंग्लैंड
29 जून: v न्यूजीलैंड
6 जुलाई: v दक्षिण अफ्रीका

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest