इन्डियन प्रिमियर लिगमा बैंग्लोरकाे सातौं हार

इन्डियन प्रिमियर लिगमा रोयल च्यालेञ्जर्स बैंग्लोरले आठ खेलमा सातौं हार ब्यहोरको छ । गएराति भएको खेलमा बैंगलोर मुम्बई इन्डियन्ससँग ५ विकेटले पराजित भयो ।

मुम्बईमा भएको खेलमा पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७१ रन बनायो । उसका लागि एवी डिभिलियर्सले विस्फोटक ७५ रन बनायो । उनले ५१ बलमा ६ चौका र चार छक्काको मद्दतले ७५ रन बनाएका हुन । यस्तै मोयन अलीले ५० रन बनाए भने ओपनर पार्थिव पटेलले २८ रनको योगदान गरे । उसका चार खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

जवाफमा मुम्बइले १९ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । मुम्बइको जितमा क्विन डी ककले ४० तथा कप्तान रोहित शर्माले २८ रन बनाए । यस्तै इशान किशनले २१ र हार्दिक पाण्ड्याले ३७ रन बनाए ।

यो जितपछि बैंग्लोरको प्लेअपको यात्रा लगभग सकिएको छ भने मुम्बई आठ खेलबाट १० अंकका साथ लिगको तेस्रो स्थानमा पुगेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest