आइसीसी यू–१९ विश्वकप छनाेटः नेपालद्वारा ओमान एक सय ५० रनले पराजित

आइसीसी यू–१९ विश्वकप अन्तर्गत एशिया छनोटमा नेपालले ओमानलाई एक सय ५० रनले हराएको छ ।

मलेसियाको सिंलगार टर्फ क्लवमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३ ओभर दुई बलमा दुई सय २९ रन बनायो । ३३ रनमा दुई विकेट गुमाएको नेपालका पारीलाई भिम शार्की र कप्तान रोहितले उकासेका थिए । जसमा रोहितले ७५ रन बनाए भने भिमले ३९ रनको योगदान गरे । यस्तै अभिशेख बस्नेतले १५ रन बनाए । नेपालको पारीको अन्तिममा रित गौतमले विस्फोटक ४१ रन बनाउदा नेपालले बलियो लक्ष्य दियो ।

जवाफमा ओमान ४४ ओभर एक बलमा ७९ रनमा अलआउट भयो ।

ओमानका दुई खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । उसका अमनप्रित सिंहले र जील तान्नाले सर्वाधिक १३–१३ रन बनाउदा अरु खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए ।

२० रनमा पहिलो विकेट गुमाएको ओमानले २८ रन बनाउदा चार विकेट खेर फालेको थियो । नेपालको कसिलो बलिङ सामु निकै दबावमा आएको ओमानले एकपछि अर्को विकेट गुमाउँदै ४६ रनमा ८ विकेट झार्यो । बलिङमा नेपालका पवन सराफले तीन तथा प्रतिश जिसी शुर्य तामाङले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest