पञ्जावद्वारा राजस्थान १२ रनले पराजित

किङ्स इलाभेन पन्जाबले इण्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सलाई १२ रनले पराजित गरेकाे छ ।

टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो ।

पन्जाबको लागि लोकेश राहुलले ५२ रनको अर्धशतकीय इनिङ्स खेल्दा डेभिड मिल्लरले ४० रन बनाए । यस्तै क्रिस गेलले ३० तथा मायांक अग्रवालले २६ रन बनाए । रविचन्द्र आश्विन १७ रनमा अविजित रहे ।

राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए ।

जवाफमा राजस्थानले २० ओभरमा ७ विकेट गुमाउदा मात्र १ सय ६८ रन बनाउन सक्यो । राजस्थानका राहुल त्रिपाठीले ५० रन, स्टुवार्ड बिनीले अविजित ३१ रन बनाए । त्यस्तै संजु सामसनले २७, अन्जिंका रहानेले २६ र जोश बट्लरले २३ रन बनाए पनि टिमलाइ हारबाट बचाउन सकेनन्र ।

पन्जाबका अर्शदिप सिंह, रविचन्द्र आश्विन र मोहमद शामीले २/२ विकेट लिए ।

जितसंगै पन्जाबले ९ खेलबाट १० अंक जोडेको छ । पराजित राजस्थान ८ खेलबाट ४ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest