धाेनी विरूद्द विलियम्सनकाे भिडन्त

इन्डियन प्रिमियर लिगमा आज चेन्नेइ सुपर किंग्स र सनराइजर्स हैदरावाद विच प्रतिस्पर्धा हुनेछ ।

लिगको शिर्ष स्थानमा रहेको चेन्नेइ र पुछारबाट तेस्रो स्थानमा रहेको हैदरावादको खेल राती सवा आठ बजेबाट सुरु हुनेछ । जारी प्रतियोगितामा आठ खेलमा सात जित र एक मात्र हार ब्यहोरेको चेन्नेइले १४ अंका साथ लिगको शिर्ष स्थानमा एकल रुपमा बसेको छ । यता हैदरावादले सात खेलमा तीन जीत र चार हार ब्यहोरेको छ ।

अघिल्लो खेलमा मात्र कप्तानका रुपमा मैदानमा आएका न्युजिल्याण्डका केन विलियम्सनको टिम हैदरावाद आज चेन्नेइलाई यो सिजनको दोस्रो हार चखाउने लक्ष्यमा छ । तर सन् २०१५ को सिजनमा भएको भिडन्तपछि हैदरावादले चार खेल खेल्दा चारै खेलमा चेन्नेइसँग हार ब्यहोरेको छ । यता महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नेइ आफ्नो जितको यात्रालाई कायमै राख्ने लक्ष्यमा छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest