विश्वकपका लागि बंगलादेश टिमकाे घाेषणा

आसन्न विश्वकपका लागि बंगलादेशले टिमको घोषणा गरेको छ । जसमा नयाँ खेलाडी अबु जायदलाई मौका दिइएको छ ।

विश्वकपका लागि छनोट गरिएका १५ खेलाडीको सुचीमा एकदिवसिय क्रिकेटमा डेब्यु गर्न बाँकि रहेको खेलाडी जायदलाई ठुलो मौका दिएको छ । न्यूजिल्याण्ड विरुद्धको टेष्ट सिरिजमा राम्रो प्रदर्शन गरेका कारण उनलाई यसपटकको विश्वकप टिममा मौका दिइएको हो ।

यस्तै मोसादिक होसेनले पनि टिममा कमब्याक गरेका छन । उनले अन्तिम पटक २०१८ को एशिया कप खेलेका थिए । अघिल्लो विश्वकपमा भन्दा यसपटक टिममा निकै परिवर्तन भएको छ ।

यस्तो छ बंगलादेशको टिम
मर्सफी मुर्तजा कप्तान, तमीम इक्वाल, सौम्य सरकार, लिटोन दाश, मोहम्मद मिथुन, मुस्फिकुर रहिम, सब्बीर रहमान, मोसादिक हुसेन, सकिव अल हुसेन, महमुदुल्लाह, मेहीदी हसन मिराज, मोहम्मद सैफुदिन, अबु जायद, मुस्ताफिजुर रहमान, रुवेल हुसने

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest