यू-१६ इस्टर्न रिजन क्रिकेटका लागि नेपाली टिमकाे नामावली सार्वजनिक

थाइल्याण्डमा हुने एसीसी यू–१६ इस्टर्न रिजनका लागि नेपाली किशाेर टिमको घोषणा भएकाे छ । १४ खेलाडीको टिमकाे कप्तानी विशाल विक्रम केसीले गर्ने छन ।

यस्ताे छ नेपालकाे टिम

विशाल केसी (कप्तान), आशिष ठाकुर, प्रसान्त महत, अर्जुन कुमाल, दिपक बोहोरा, सुवास ऐयर, निखिलकुमार सिंह, विशालकुमार पटेल, क्रिस कार्की, तिलकराज भण्डारी, रमेश कुर्मी, रोहन दुधराज बिक, प्रसान्त सिंह, सुसान्त थापा

थाइल्याण्डको चाङमाइमा अप्रिल २० देखि २९ सम्म हुने प्रतियोगिताका लागि अफिसियलमा सुदिप शर्मा म्यानेजर, बसन्त शाही प्रशिक्षक र दिनेश भट्ट फिजियो रहेका छन । नेपाली टिम भोली थाइल्याण्ड प्रस्थान गर्नेछ ।

प्रतियोगिता
नेपालले पहिलो खेल शनिबार म्यानमारसँग खेल्नेछ भने दोस्रो खेल बुधबार मलेसियासँग खेल्नेछ । यस्तै प्रतियोगिताको तेस्रो खेलमा नेपालको प्रतिद्धन्द्धी थाइल्याण्ड रहेको छ । समुह ए मा रहेको नेपालले शिर्ष दुईमा रहन सके सेमिफाइनलमा स्थान बनाउनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest