विश्वकपका लागि इंग्ल्याण्ड टिमकाे घाेषणा

घरेलु मैदानमा हुने विश्वकप क्रिकेटका लागि इंग्ल्याण्ड टिमको घोषणा भएको छ । टिममा अनुभवी खेलाडीको बाहुल्यता रहेको छ ।

१५ खेलाडीमा इयान मोर्गनको कप्तानीमा सार्वजनिक गरिएको टिममा मोयन अली, जोनी ब्रेस्ट्रो, जोस बटलर, टोम कुरान, जोय डेन्ली, एलेक्स हल्स, लाम पुल्कीट, आदिल रासिद, जोय रुट, जसोन रोय, बेन स्टोक, डेविड वेली, क्रिस वस्क र मार्क उड रहेका छन ।

यसअघि वेष्ट इन्डिज विरुद्धको सिरीजमा वेली टिममा रहेपनि उनले खेलेका थिएनन् । तर पनि उनि माथि बोर्डले भरोसा गर्दै टिममा राखेको छ । यस्तै जोय डेन्लीलाई पनि बोर्डले भरोसा गरेर टिममा राखेको छ । आदिल रासिद जो पछिल्लो पटक राष्ट्रिय टिममा एकमात्र लेग स्पिनर रहेका छन उनलाई पनि मौका दिएको छ ।

जसमा हाल राजस्थान रोयल्सबाट आइपीएल खेलिरहेका बलर जोफ्रा आर्चेरलाई समावेश गरिएको छैन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest