मुम्बई विरुद्द सन्दिपकाे खेल्ने स‌‌म्भावना कति ?

इन्डियन प्रिमियर लिग आइपीएलमा आज सन्दिप लामिछानेको टिम दिल्लीले मुम्बई इन्डियन्ससँग खेल्दैछ । घरेलु मैदानमा हुने खेलमा सन्दिप लामिछाने टिममा पर्छन की पर्दैनन् त्यो कोतुहलको विषय छ ।

राती सवा ८ बजेबाट सुरु हुने खेलका लागि नेपाली युवा बलर तथा आइपीएलको इमर्जिङ खेलाडीको मनोनयनमा परेको सन्दिपले टिममा कमब्याक गर्छन की गर्दै त्यो सबै नेपाली क्रिकेट समर्थकका चासोको विषय छ ।

सुरुवाती चार खेलमा ५ विकेट लिएका सन्दिप त्यसपछि भने लगातार बेन्चमा बस्दै आएका छन । पछिल्ला चार खेल खेल्न नपाएका सन्दिपका लागि पनि टिममा कमब्याक गर्नु निकै महत्वपुर्ण हुनेछ ।

दिल्ली यो सिजन राम्रो लयमा देखिएको छ । उसले आठ खेलमा ५ जितका साथ १० अंक बनाउँदै लिगको दोस्रो स्थानमा छ । उसले मुम्बइसँग यसअघि खेल्दा जित निकालेको थियो । आज दिल्ली सोहि जितको यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ ।

आज दिल्ली वा मुम्बई जुनपनि टिम विजयी भएमा शिर्ष स्थानको चेन्नेइसँगको दुरी दुई अंकमा झार्नेछन । गएराति भएको खेलमा चेन्नेई हैदरावादसँग ६ विकेटले पराजित भयो । प्रतियोगितामा उसको दोस्रो हार हो । नियमित कप्तान धोनी विना नै मैदानमा उत्रिएको चेन्नेईलाई हारको स्वाद चखाउन डेविड वार्नर र रासिद खानले उत्कृष्ट प्रदर्शन गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest