नेपालले कुवेतबाट एक सय ५८ रनको लक्ष्य पायाे

आइसीसी यू–१९ विश्वकपको एशिया छनोटको अन्तिम खेलमा नेपालले कुवेतबाट एक सय ५८ रनको लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले ४९ ओभर चार बलमा एक सय ५७ रनमा अलआउट भयो । ११ रनमा पहिलो विकेट गुमाएको कुवेतले १५ रनमा दोस्रो विकेट खेर फाल्यो ।

त्यसपछि तेस्रो विकेटका लागि राम्रो साझेदारी गर्दा कुवेतको पारी सम्हालिएको थियो । उसका लागि नोमान बुद्रोले उत्कृष्ट अर्धसतकीय पारी खेले । जसमा उनले अविजीत रन बनाए । यस्तै गोकुल कुमारले ३६ तथा हामुद अमानुल्लाहले १७ रन बनाए ।

बलिङमा नेपालका लागि रोहित कुमार पौडेलले तीन तथा रासिद खान, शूर्य तामाङ र कुशल मल्लले दुई दुई विकेट लिए ।

Cricnepal MatchCenter

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest